बीग बोस १३ को विजेता सिद्धार्थको ४० बर्षको उमेरमा निधन

भदौ १७, काठमाडौं। बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । ४० वर्षको उमेरमा सिद्धार्थको निधन भएको हो ।

उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । उनको शरीरको पोस्टमार्टम गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

भारतीय मिडियाका अनुसार सिद्धार्थ केही औषधि खाएर सुतेका थिए । तर, उनले कस्तो प्रकारको औषधि सेवन गरेका थिए भन्ने खुलेको छैन ।

सिद्धार्थ ‘बीग बोस-१३’को विजेतासमेत बनेका थिए । सिद्धार्थको जन्म सन् १९८० मा मुम्बईमा भएको थियो । उनले सन् २००५ मा उत्कृष्ट मोडलको अवार्ड जितेका थिए । यसपछि, उनले टेलिभिजन सिरियलमा अभिनय सुरु गरेका थिए ।

सिद्धार्थले अभिनय गरेका ‘ब्रोकन बट ब्युटिफुल ३, बालिका बधु, दिल से दिल तक’ लगायतका सिरियल चर्चामा थिए । उनले ‘फियर फ्याक्टर ७’को समेत उपाधि जितेका थिए । सिद्धार्थले ‘सावधान इन्डिया र इन्डिया गट ट्यालेन्ट’ लगायतका शोको होस्टसमेत गरेका थिए ।

संम्बन्धित समचार

Leave a Reply