शेयर बजार ओरालोमा, साढे ९ अर्बको कारोबार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ भाद्र १७, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भदौ १७, काठमाडौं। साताको अन्तिम कारोबार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ । नेप्से परिसूचक ५० अंकले घटेर २ हजार ९ सय २६ दशमलव ८९ अंकमा झरेको छ ।

नेप्से परिसूचकसँगै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ९० अंकले घटेको छ । उता सेयर कारोबार रकम भने बुधबारकै हाराहारीमा भएको छ ।

दिनभर भएका एक लाख ५ हजार ७ सय ७५ कारोबारबाट २३० कम्पनीका १ करोड ८१ लाख ९ हजार ९ सय ६७ कित्ता शेयर किनबेच भएक छन् । जसबाट कारोबार रकम ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८ सय २२ रुपैयाँ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस