सभापतिको साझा उम्मेदवार खोज्ने पौडल समुहको प्रतिबद्धता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र १७, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र १७,काठमाडौँ । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले आसन्न १४ औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने प्रतिबद्धता जनाएको छ । वडा अधिवेशनको अघिल्लो दिन सभापतिका आकांक्षीहरुले संयुक्त पत्रकार सम्मेलन गरी सभापतिमा एउटै उम्मेदवार अघि सार्ने बताएका हुन् ।

यो समूहमा वरिष्ठ नेता पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिको आकांक्षी छन् । पछिल्ला दिनहरुमा लगातार छलफल भएपनि सहमति जुट्न नसकेपछि नेताहरुले सभापतिमा एउटै उम्मेदवार दिने प्रतिवद्धता जनाएका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस