अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल: नेपाल-भारत १-१ को बराबरीमा रोकिए

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ भाद्र १७, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र १७,काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसंग १-१ को बराबरीमा रोकिएको छ ।

दशरथ रंगशालामा अन्जन विष्टले पहिलो हाफमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा भारतका लागि अनिरुध थापाले बराबरी गोल फर्काए ।

नेपाल र भारतबीच सन् २०१७ मा मुम्बईमा पछिल्लो मैत्रीपूर्ण खेल हुँदा नेपाल २-० ले पराजित भएको थियो । दशरथ रंगशालामा भने सन् २०१५ पछि यी दुई टोली पहिलो पटक खेलेका हुन् । ३६ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाए ।

६० औं मिनेटमा भारतका वैकल्पिक खेलाडी अनिरुध थापाले गोल गर्दै खेल बराबरी गरे । कप्तान सुनील क्षेत्रीले करिब २० यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले डाइभ गर्दै बचाए पनि पूर्ण रुपमा क्लियर नभएपछि अनिरुदले गोललाइनबाटै जाली चुमाए ।

अनिरुध दोस्रो हाफको सुरुमै ब्रान्डन फर्नान्डेजको स्थानमा मैदान प्रवेश गरेका थिए ।  नेपाल र भारतबीच अर्को खेल आइतबार हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस