कामदार जान थालेको १६ वर्षपछि मलेसियासँग आज श्रम सम्झौता हुँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ कार्तिक १२, सोमबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कात्तिक १२, काठमाडौं । कामदार जान थालेको १६ वर्षपछि मलेसियासँग आज श्रम सम्झौता हुँदैछ ।सन् २००२ बाटै नेपाली रोजगारीका लागि मलेसिया जाने गरेको भएपनि श्रम सम्झौता भएको थिएन ।

श्रम सम्झौतामा हस्ताक्षर गर्नका लागि मलेसियाका मानव संसाधन मन्त्री एम कुला सेगरन आइतबार राति नेपाल आइसकेका छन् । सोमबार १० बजेदेखि मन्त्रीस्तरीय बैठक बस्दैछ । बैठक सकिएपछि मलेसियाका मानव संसाधन मन्त्री एम. कुला सेगरन र नेपालका तर्फबाट श्रममन्त्री गोकर्ण विष्टले हस्ताक्षर गर्नेछन् । त्यस लगतै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिंदैछ । नेपालका तर्फबाट श्रम सम्झौता गर्न श्रम मन्त्री विष्टलाई आइतबारको मन्त्रीपरिषद बैठकले स्विकृति दिइसकेको छ।

पटक–पटक प्रयास गर्दा पनि नभएको सम्झौता नेपाली कामदार पठाउनै रोकिएपछि मलेसियाले चासो दिएको हो । गत जेठ २ गतेदेखि मलेसिया कामदार पठाउन बन्द गरिएको छ ।

मलेसिया जाने कामदार ठगिएको भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कामदार पठाउने प्रक्रियामा संलग्न विभिन्न संस्थानै खारेज गर्ने निर्णय गरेका थिए । मन्त्री विष्टको एकतर्फि निर्णयसँगै मलेसिया जाने प्रक्रिया अवरुद्ध भएको थियो ।

प्रमुख मध्यको एक मानव श्रोतको देश नेपालले कामदार रोकेपछि मलेसिया त्यसको सन्देस राम्रो नजाने र रोजगारदाताको पनि चासो बढेपछि जसरी पनि नेपाली कामदार लैजान तयार भएको हो ।

निर्णय भएको लामो समयसम्म कार्यन्वयन नभएको सूून्य लागत कार्यन्वयन गरेर नेपाली कामदार लैजान मलेसिया तयार भएको सम्झौतालाई अन्तिमरुप दिने नेपाली अधिकरीले दाबी गरेका छन् ।

यद्यपी सम्झौताको खाका नेपालमा भने अहिलेसम्म बाहिरिएको छैन ।

ड्राफ्टलाई अन्तिम रुप दिएका अधिकारीका अनुसार नेपाली कामदारले स्वदेशमा गरिने विमा, कल्याण्कारी शुल्क बाहेक कुनै पनि शुल्क तिर्नु पर्ने छैन । म्यानपवार कम्पनीलाई कामदारले पाउने १५ दिनको तलव बराबर रोजगारदाताले नै दिने र प्रत्येक दुुई वर्षमा आउने-जाने हवाई टिकट समेत रोजगारदाताले नै उपलब्ध गराउनुु पर्नेछ । स्वदेशमा गरिने स्वास्थ्य परीक्षणको शुल्क यहाँ कामदारले तिरेपनि मलेसियामा पहिलो महिनाको तलवसँगै फिर्ता पाउने छन् ।

मलेसियामा कामदार पठाउने कार्यमा संलग्न संस्था नेपालले खारेज गरेपनि अब कसरी पठाउने भन्ने प्रक्रिया आजै बन्ने प्राविधिक समितिले टुंगो लगाउने छ।

रोकिएको मलेसियाको रोजगारी खुल्न भने केही समय लाग्ने छ।

ताजा अपडेट

खोजी गर्नुहोस