अर्घाखाँचीमा माइक्रो दुर्घटना : १ जनाको मृत्यु, ११ जना घाइते

भाद्र १९,काठमाडौँ । शनिवार बिहान अर्घाखाँचीको शितगंगा नगरपालिका– ३ बरबोटमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–९ का अन्दाजी ३२ बर्षीय सञ्जय बिक छन् ।

काठमाडौँबाट अर्घाखाँची आउँदै गरेको बा ३ ख ८६३९ नम्बरको हाइस शितगंगा–३ को बरबोटमा दुर्घटना हुँदा भएको हो । अर्घाखाँचीका जिल्ला प्रहरी प्रमुख डिएसपी अम्मर थापा क्षेत्रीका अनुसार हाइस सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते २ जना र अन्य ३ जना गरी ५ जनालाई उपचारका लागि बुटवल पठाइएको छ । अन्य ६ जनाको अवस्था सामान्य रहेको छ । घटनास्थलमा ठाडा ईलाका प्रहरी कार्यालयको टोली पुगेको छ ।

संम्बन्धित समचार

Leave a Reply