एकीकृत समाजवादीमा ६ सदस्यीय केन्द्रीय सचिवालय, को–को नेता छन् ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र २०, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २०,काठमाडौ । नेकपा एकिकृत समाजवादीले पार्टीको केन्द्रिय सचिवालय बनाएको छ । ६ सदस्यिय केन्द्रिय सचिवालयमा नेताहरु बेदुराम भुसाल, प्रमेश हमाल,राजेन्द्र पाण्डे, गंगालाल तुलाधर,जयन्ती राई र जीवनराम श्रेष्ठ रहेका छन् । पुराना र कुशल विचारक र संगठकलाई समेटेर एकिकृत समाजवादीले शनिबार सचिवालय गठन गरेको हो ।

सो सचिवालयले पार्टीका केन्द्रिय तहबाट हुनुपर्ने कामहरुको व्यवस्थापन, पार्टीको रणनिती,केन्द्र,प्रदेश र स्थानीय तहमा संगठन मजबुतीको लागी आवश्यक कदम चाल्ने देखी पार्टीको सैदान्तिक विचारलाई मुर्त रुप दिने कामहरु गर्ने जनाइएको छ ।

गत भदौ ९ गते निर्वाचन आयोगबाट मान्यता पाएको सो पार्टीको २ पटक बसेको स्थायी कमिटी बैठकले उक्त निर्णयहरू गरेको नेता भुसालले बताए । उनका अनुसार आइतबार केन्द्रीय सचिवालयको पहिलो बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे बस्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस