किरण चेम्जोङ नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ भाद्र २०, आईतबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

भाद्र २०,काठमाडौँ । राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् । आइतबार भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल शुरुवात गर्दै किरणले नेपालका लागि सर्वाधिक ७४ खेल खेल्ने कीर्तिमान बनाए ।

बिहीबार भएको भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा पहिलो रोजाइमा खेल्दै किरणले विराज महर्जनको नाममा रहेको ७३ खेलको कीर्तिमान बराबरी गरेका थिए । लगातार दोस्रो खेलपछि किरणले पूर्वकप्तान विराजलाई पछि पारेका हुन् ।

विराजले गत चैतमा नेपालमा भएको थ्री नेसन्स कप फाइनलमा बंगलनदेशविरुद्ध वैकल्पिक खेलाडीको रुपमा खेल्दै ७३ क्याप जितेका थिए । उनले त्यसै खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । त्यसबेला किरणकै कप्तानीमा नेपालले उपाधि जितेको थियो र उक्त ट्रफी किरणले विराजलाई नै समर्पित गरेका थिए ।

३१ वर्षीय किरण कप्तान र गोलकिपर दुई भूमिकामा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस