बराबरीमा रोकिएको इटालीको अपराजित कीर्तिमान

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ भाद्र २१, सोमबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भदौ २१, काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा इटालीले बराबरी खेल्दै अंक बाडेको छ । आइतबार राति भएको खेलमा इटालीले स्विट्जरल्यान्डसँग गोलरहित बराबरी खेलेको हो ।

बसेलमा भएको खेलमा पाएको अवसरमा दुबै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । स्विट्जरल्यान्डसँग बराबरीमा रोकिएपनि इटालीले कीर्तिमान बनाएको छ ।

इटालीले ३६ खेलसम्म अपराजित रहने टिमको कीर्तिमान बनाएको हो ।

रोबर्टो मान्सिनीको टिम इटालीले सन् २०१८ सेप्टेम्बरमा यूइएफए नेसन्स लिगको समूह चरणमा पोर्चुगलसँग १–० ले पराजित भएपछि हार व्यहोरेको छैन ।

स्विट्जरल्यान्डसँगको बराबरीपछि इटालीले ५ खेलमा ११ अंक जोडेको छ । समूह सी को इटाली शीर्ष स्थानमा रहेको छ । स्विट्जरल्यान्ड ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस