जलमग्न काठमाडौँ: तीन सय ८२ घर डुबानमा, एक सय ३८ जनाको उद्धार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र २१, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भदौ २१, काठमाडौं । गएरातिदेखि परेको बर्षाका कारण बाग्मतिमा बाढी आएको छ । बाढीका कारण काठमाडौंमा तीन सय ८२ घर डुबानमा परेको छ । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ ।

राति २ बजेदेखि परेका ठूलो वर्षाले खोला किनारका बस्ती डुबाएको हो । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् ।

वाग्मती नदीमा आएको बाढीले बल्खुमा पार्किङमा राखेको ५, ६ वटा साना गाडी पनि बगाएको प्रहरीले बताएको छ । सडक जलमग्न भएपछि पैदल हिँड्न र गाडी गुडाउन पनि समस्या भएको छ । काठमाण्डौसँग जोडिएको काभ्रेको बनेपा बजार पनि जलमग्न भएको छ ।

वर्षाका कारण त्यस क्षेत्रमा पर्ने अरनिको राजमार्ग जलमग्न भए पनि बनेपाको पुलबजारबाट गाडी डाइभर्सन गरिएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस