कात्तिक १२, काठमाडौं । पाकिस्तानले अष्ट्रेलियाविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिज जितेको छ ।
आइतबार राति सम्पन्न टी–ट्वान्टी सिरिजअन्तर्गत अन्तिम तथा तेस्रो खेलमा अष्ट्रेलियालाई ३३ रनले पराजित गर्दै ३–० ले जितेको हो । यसअघि भएको दुवै खेल पास्तिानले जितेको थियो ।१५१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभर सकिन ५ बल बाँकी छँदा सबै विकेटको क्षतिमा ११७ रन मात्रै बनाउन सक्यो । अष्ट्रेलियाको लागि मेकडेर्मोट र मिचेल मार्सले समान २१–२१ रन बनाए । त्यस्तै एलेक्स क्यारीले २० र क्रिस लिनले १५ रन मात्रै बनाउँदा नाम चलेका ब्याट्सम्यानले दोहोरो अंक पनि बनाउन सकेनन् ।
अष्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा पाकिस्तानका शादब खानले ३ र हसन अलीले २ विकेट लिए ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५० रन बनाएको थियो । पाकिस्तानका लागि बाबर अजामले ५०, सहिबजादा फरहानले ३९ र मोहम्मद अफिजले अविजित ३२ रन बनाएका थिए ।