प्रधानमन्त्री ओलीलाई भेट्न शीर्ष नेता तथा मन्त्रीहरु त्रिवि शिक्षण अस्पतालमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ कार्तिक १२, सोमबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कात्तिक १२, काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई शीर्ष नेता तथा मन्त्रीहरु त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

ओलीलाई भेट्न पुष्पकमल दाहाल प्रचण्डसहितका नेता तथा मन्त्रीहरु त्रिवि शिक्षण अस्पताल पुगेका हुन् । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष मध्येका प्रचण्ड सोमबार बिहान त्रिवि अस्पताल पुगेका हुन् ।

यस्तै प्रधानमन्त्री पत्नी राधिका शाक्य पनि बिहानै त्रिवि अस्पताल पुगेकी हुन् । गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, आपूर्ति मन्त्री मात्रिका यादव, नेकपा महासचिव विष्णु पौडेल, नेता शंकर पोखरेलसहितका मन्त्री तथा नेताहरु अस्पताल पुगेका हुन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भएको भनिए पनि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार बिहान तीनबजे तिर महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको डा. अरुण सायमीले जानकारी दिए । प्रधानमन्त्री ओलीको छातीमा संक्रम देखिएको डा. सायमीले देश सञ्चारलाई बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस