मनकामना हाइड्रोपावरले २४ करोडको आईपीओ निष्कासन गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ भाद्र २१, सोमबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

भाद्र २१,काठमाडौँ । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले २४ करोड बराबरको २४ लाख कित्ता प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले बि.ओ.के.क्यापिटल मार्केट लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक चयन गरेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ८० करोडको ३० प्रतिशतले हुन आउने जम्मा रकम २४ करोड रुपैयाँ बराबरको जम्मा २४ लाख कित्ता शेयर सर्वसाधारणको निमित्त निष्काशन गर्ने भएको हो ।

जसमा निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी सम्पूर्ण कार्य गर्नको निमित्त निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा बि.ओ.के.क्यापिटल मार्केट लिमिटेड चयन भइ मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेड तथा बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड बीच मिति आइतबार द्विपक्षीय सम्झौता भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस