उदयपुर सिमेन्ट उद्योगमा न्यौपाने महाप्रबन्धक भएपछि के–के भयो ? (कार्यप्रगतिसहित)

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ भाद्र २१, सोमबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

भाद्र २१,काठमाडौँ । उदयपुर सिमेन्ट उद्योगले गोपीकृष्ण न्यौपाने महाप्रबन्धक भएपछि गरेको कार्यप्रगती सार्वजनिक गरेको छ । उद्योगमा अहिलेको समस्या,समाधानको उपायसहित अवको भावी रणनितीको विषयमा समेत उद्योगले प्रष्ट पारेको छ । न्यौपाने महाप्रबन्धक भएर आएपछि हाल उद्योगमा के–कस्तो कामहरु भएका छन् भन्नेबारे कार्यप्रगती तथा योजनामा समावेश गरिएको छ । उद्योगको क्षमता बृद्धी तथा नियमित कामलाई प्रभावकारी बनाउन विभिन्न संरचनाहरु मर्मत तथा सम्भार गरिएको छ ।

उद्योगको अहिलेको अवस्था कस्तो छ ?

यो उद्योग स्थापना भएपछि शुरुमा ६ सय भन्दा बढीले रोजगारी प्राप्त गरेका थिए भने अहिले पनि ४५० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाईरहेको अवस्था छ ।अप्रत्यक्ष रुपमा ढुवानी सेवा, सुरक्षा सेवा लगायत ठूलो जनसंख्यालाई सकारात्मक प्रभाव परेको छ र स्थानीय स्तरको लागि आर्थिक उर्पाजनको श्रोत बनेको छ। वार्षिक रुपमा करीव ५ करोड अग्रिम कर, करीव ३ करोड अन्तःशुल्क, मुल्य अभिबृद्धि कर लगायत स्थानीय प्रदुषण शुल्क खानी उत्खनन् शुल्क लगायतको राजश्व जोड्दा वर्षेनी करीव ७० करोडको हाराहारीमा राजश्व योगदान पुर्याईरहेको अवस्था छ ।

सामान्य रुपमा बित्तीय बिबरण बिश्लेषण गर्दा अहिलेसम्म ५ अरब ५० करोडको नोक्सानी देखिए पनि जापान सरकारको अनुदान नेपाल सरकारको ऋण बापत मात्रै रु। २ अर्व ७५ करोड ४८ लाख ७० हजार २ सय रुपैया १ ब्याज खर्च समेत उक्त नोक्सानीमा समाबेश रहेको कारण नगद प्रवाहमा खासै प्रतिकूल प्रभाव नपरेकोले अन्य बैक तथा वित्तीय संस्थाबाट ऋण लिनु पर्ने वा नेपाल सरकारबाट अनुदान सहयोग लिनु पर्ने वाध्यात्मक अवस्था हालसम्म परेको छैन।

विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस