एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट: पपुवा न्यूगिनीमाथि नेपालको शानदार जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ भाद्र २२, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २२,काठमाडौँ । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्यूगिनीमाथि २ विकेटको जित हात पारेको छ । रोहितकुमार पौडेल र सोमपाल कामीको उत्कृष्ट अर्धशतकीय साझेदारी भएपछि नेपालले जित हात पारेको हो ।

मंगलबार ओमानमा पपुवा न्यूगिनीले दिएको १३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेट गुमाएर भेट्टायो । रोहित रन टाइ भएको अवस्थामा ४१ रन बनाएर आउट भएका थिए भने सोमपाल २२ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनीले ३३ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनाएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस