‘द अदर साइड सो’मार्फत आउँदै दिवस खनिया

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७८ भाद्र २३, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र २३,काठमाडौँ । दिवस खनियाले आफ्नो नयाँ टेलिभिजन कार्यक्रमको नाम सार्बजनिक गरेका छन । उनले आफ्नो सामाजिक सन्जालमार्फत नयाँ कार्यक्रम ‘द अदर साइड सो’ को फस्टलुक सार्बजनिक गरेका हुन। बिगत लामो समयदेखी बिभिन्न युवा केन्दृत र उत्प्रेरणात्मक कार्यक्रम उत्पादन र प्रस्तुत गर्दै आएका उनले भर्खरै मात्र ‘अ जर्नी थ्रु एग्जिस्टेन्स’को दोश्रो सिजन सम्पन्न गरेका थिए ।

‘अ जर्नी थ्रु एग्जिस्टेस’ले दर्शकमाझ राम्रो लोकप्रियता हाँसिल गर्दागर्दै अचानक बन्द भएको उक्त कार्यक्रममा खनियाले आनी छोइङ डोल्मा, अनुराधा कोइराला, महाबिर पुन, रमेश खरेल, गगन थापा, पुष्पा बस्नेत, सुरक्षा पन्त, योगी बिकाशानन्द लगायतसँग कुराकानी गरेका थिए। कार्यक्रम अचानक बन्द भएपछी खनियालाई दर्शकहरुले खोजिरहेकै बेला उनले भने आफ्नो फेसबुकमार्फत नयाँ कार्यक्रमको घोषणा गरेका हुन।

बुझिएअनुसार,उनको नयाँ कार्यक्रम ‘द अदर साइड सो’को सुटिङ छिट्टै सुरु हुँदैछ । उनको नयाँ कार्यक्रम बिगतका कार्यक्रम भन्दा केहि भिन्न र प्रस्तुती समेत फरक रहनेछ । नामबाट नै हामिले अड्कल लगाउन सक्छौँ कि देखिएको र देखिनेभन्दा भिन्न पाटोलाई कार्यक्रम मार्फत देखाइनेछ । यो कार्यक्रम सुरुमा १० देखी १५ शृँखला मात्र प्रस्तुत हुने र सुटिङ लगायत सबै काम सकिएपछी मात्र अन्य बिस्तृत जानकारी गराइने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस