जडीबुटी प्रशोधन केन्द्र स्थापना

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७५ कार्तिक १२, सोमबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

कात्तिक १२, इलाम । इलामको माई जोगमाई गाउँपालिकास्थित प्याङमा युवा व्यवसायी नित्यानन्द दाहालले जडीबुटी प्रशोधन केन्द्र स्थापना गरेका छन् ।

स्थानीय वन तथा निजी आवादीमा पाइने धूपी, धसिङ्गरेलगायतका वनस्पतिबाट औषधीय गुण भएका तेल निकालेर बिक्री गर्ने उद्देश्यले उहाँले रु १६ लाखको लागतमा आफ्नै घर छेउमा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र स्थापना गरेका छन् ।

गाउँघरमा खेर गइरहेका जडीबुटीको प्रशोधन गरी बिक्री गर्ने उनले बताए। यो उद्योगमा धूपी, धसिङ्गरेबाहेक मेन्या क्यामोमाइलजस्ता सुगन्धित जडीबुटीको प्रशोधन हुने उनको भनाइ छ । धूपीबाट उत्पादित तेल बाथ रोग र ढाड दुख्ने समस्या भएका व्यक्तिलाई उपयोगी हुने र मेन्थाको तेल दाँत, मुख र पेटमा समस्या भएकालाई उपयुक्त हुने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस