तेह्रथुम पावर कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ भाद्र २३, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र २३,काठमाडौँ । तेह्रथुम पावर कम्पनीको साधारण सेयर (आईपीओ) शुक्रबार बाँडफाँट हुने भएको छ। एनआईविएल एस क्यापिटलका अनुसार मंगलबार प्रिअलोटमेन्ट सकिएपछि कम्पनीको सेयर बाँडफाँट शुक्रबार गर्ने तयारी थालेको हो।

कम्पनीको सेयरमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ। त्यस अनुसार ७४ हजार ४०० जनाले मात्रै १० कित्ताको दरले शेयर पाउने छन्। बाँकी आवेदकले भने पाउने छैनन्।

कम्पनीले ९.१३ भदौसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्काशन गरेको थियो। बिक्रीमा ल्याएको कुल सेयरमध्ये कम्पनीले दुई प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयर मात्रै सर्वसाधारणमा बाँडफाँट गर्नेछ।

हाल चुक्ता पुँजी २८ करोड रुपैयाँ रहेको कम्पनीको स्थानीयलाई ४ करोड र सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनपश्चात् कम्पनीको चुक्ता ४० करोड रुपैयाँ पुग्नेछ।

ताजा अपडेट

खोजी गर्नुहोस