देशभर थप १२७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र २४, बिहिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र २४, काठमाडौ । बितेको २४ घण्टामा देशभर १२७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १८४५ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४४ जनामा परीक्षण गर्दा १२७१ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७४ हजार ५८७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८६ हजार २१९ जना पुगेको छ । यस्तै संक्रमितमध्ये ७ लाख ३५ हजार ६ जना निको भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको कुल संख्या १० हजार ९०३ पुगेको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस