एमसीसीकी उपाध्यक्ष सुमारलाई कालो झण्डा ! १५ जनालाई प्रहरीले गर्यो पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र २४, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २४,काठमाडौँ । एमसीसीकी उपाध्यक्ष फातिमा सुमारलाई विरोध स्वरुप कालो झण्डा देखाइएको छ । सो क्रममा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटस्थित निवासमा भेटेर फर्किने क्रममा फातिमाको टोलीलाई एमसीसीको विरोधमा रहेका समूहले कोटेश्वरमा कालोझण्डा देखाउने प्रयास गरेको थियो । सो क्रममा नेपाल कम्युनिस्ट पार्टीसहित विभिन्न दल र संगठनमा आबद्ध १५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखिएको छ । यसैबीच पक्राउ परेकाहरुलाई रिहाइको माग गर्दै कोटेश्वरमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले प्रहरी प्रभाग घेराउ गर्दै पक्राउ परेकाहरुलाई तत्काल रिहाइको मागसहित एमसीसीको विरोधमा चर्को नाराबाजी गरेका थिए ।

फातिमा नायब उपाध्यक्ष जोनाथन ब्रुुक्सलाई साथै लिएर उनी ओली निवास बालकोट पुगेकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस