मायामा केही गुनासाहरु !

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७५ कार्तिक १२, सोमबार (६ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मुक्तक-१

सानै देख्थेँ तिमीलाई त, अचेल त्यति ‘ठूली’ भयौ
बैशालु आँखा तीर हान्छन्,कति दिलको ‘खुल्दुली’ भयौ
भाउ बढेर चर्किँएपछि, ठूल्ठूलातिर सर्किँएपछि
‘साना’ले आँट्नै नसकिने, मानूँ हिमालचुली भयौ ।

मुक्तक -२

जूनको खोजमा कति तारा, चालीसकेँ मस्तसित
उनको निम्ति गुनको दियो, बालीसकेँ मस्तसित
छाँगाबाट खसे झैं भएँ, मुटुमा छुरी धसे झैं भएँ
भन्दियौ-“तिमी जस्ता कति, फटालीसकेँ मस्तसित ।”

मुक्तक – ३

जिन्दगीका जंघारहरु, सँगै तरौं भनेकै थिएँ
नौलो जीवन थालूँ भनी, बाटो नयाँ खनेकै थिएँ ।
पछुतो छैन छोडी हाल्यौ, पाइला अन्तै मोडी हाल्यौ
के पुग्थेन मुना तिम्लाई !, म नि मदन बनेकै थिएँ ।

मुक्तक -४

यति साँचो लाऊ कि माया, कसैसित झुक्न नपरोस्
छाती खोलेर हिँड सधै, कतै पनि लुक्न नपरोस्
कुरा काट्ने काटीरहून, बल्छी थाप्ने थापिरहून
हार्ने छैन अमर माया, लोभ गरुन थुक्न नपरोस ।

मुक्तक- ५

निहित स्वार्थ रहेछ र, त्यतिका गुण-गान गायौ
बिच बाटोमा अड्किएसी, मेरो खाँचो नि थाहा पायौ
तिम्रो बिबेक बुझिसकेँ, अलिक बर्खा रुझिसकेँ
आसामी फोश्रो लगाएर, बर्षौं-बर्ष पो ब्याज खायौ ।

✍ गोम बिक्रम
कल्लाबारी, पाल्पा ।

ताजा अपडेट

खोजी गर्नुहोस