मन्त्रीहरुको नामावली दिन सत्ता साझेदार दलका नेताहरुसँग प्रधानमन्त्रीको आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र २५, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २५,काठमाडौँ । सत्तारुढ दलका नेतालाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको नामावली दिन सत्ता साझेदार दलका नेताहरुसँग आग्रह गरेका छन्।

आज बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा उनले मन्त्रीहरुको नाम दिन आग्रह गर्नुभएको हो । मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाई भएको भन्दै देउवाले अब ढिलो गर्न नहुने बताएका हुन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको उपस्थिति थियो ।

गठबन्धन दलहरुभित्र मन्त्री बन्न खोज्नेहरुको संख्या धेरै भएकाले नाम टुंगो लगाउन शीर्ष नेताहरुलाई समस्या छ । प्रधानमन्त्रीमा नियुक्त भएको दुई महिना हुन लाग्दासम्म देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको भन्दै सरकारको आलोचना भैरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस