सङ्खुवासभा हत्या प्रकरणका आरोपी पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र २६, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भदौ २६, काठमाडौँ । संखुवासभा मादी नगरपालिका-१ उम्लिङमा एकै परिवारका छ जनाको हत्या आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

भतिजा नाता पर्ने उम्लिङकै लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । व्यक्तिगत रिसिबीका कारण हत्या भएको प्रहरीले जनाएको छ ।

गत सोमबार ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो ।

मृतकको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ । प्रहरीले पक्राउ परेका व्यक्तिबारे आइतबार चैनपुर ईलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने जानकारी दिएको छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार केही कुराहरूको पुष्ट्याइँ गरेर भोलि आरोपित व्यक्तिलाई सार्वजनिक गर्ने तयारी छ ।

प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले हत्या घटनाबारे आइतबार आरोपितलाई सार्वजनिक गर्दा विस्तृतमा खुलाइने बताए ।

प्रहरीका अनुसार कार्की केही समय पहिले वैदेशिक रोजगारीबाट फर्किएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस