कोरोनाको खोप नलगाउने कर्मचारीलाई छुट्टीमा पठाउने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ भाद्र २६, शनिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र २६,काठमाडौँ । पञ्जाब सरकारले कोरोनाको खोप नलगाउने कर्मचारीलाई छुट्टीमा पठाउने भएको छ । शुक्रबार बसेको कोभिड समीक्षा बैठकमा मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले एक मात्रा पनि खोप नलगाएका कर्मचारीलाई छुट्टीमा पठाउने भएको हो ।

उक्त बैठकले सेप्टेम्बर १५ सम्म खोप लगाउनका लागि अन्तिम मिति समेत तोकेको छ । तर, स्वास्थ्य अवस्थाका कारण खोप नलगाउने कर्मचारीलाई यो नियम लागू गरिएको छैन ।

पञ्जाबी नागरिकहरुलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन उक्त कदम चाल्नुपरेको क्याप्टेन अमरिन्दर सिंहले जानकारी दिए ।

यसका साथै, पञ्जाब सरकारले कर्मचारीहरुलाई पनि काममा जाने अनुमति प्रदान गरेको छ । भने, यसका लागि ४ हप्ता अगाडि पहिलो खोपको मात्रा लगाएको हुनुपर्ने छ । ती व्यक्तिले हरेक हप्ता पीसिआर रिपोर्ट बुझाउनुपर्ने छ । साथै, दुवै मात्रा खोप लगाएका कर्मचारीले एक पटक मात्रै पीसिआर रिपोर्ट बुझाए हुने व्यवस्था समेत गरिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस