सुनचाँदीकै भाउ सस्तियो, आज कति छ मुल्य ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ भाद्र २७, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २७,काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन तोलामा ४०० रुपैयाँले र चाँदी २० रुपैयाँले सस्तिएको हो ।

महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ३०० रुपैयाँ र चाँदी एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै यता तेजाबी सुनको मूल्य समेत तोलामा ४०० रुपैयाँले नै सस्तिँदै आइतबार ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस