असोज ४ गतेबाट दशैँको लागि नयाँ नोट वितरण गरिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ भाद्र २८, सोमबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

भाद्र २८,काठमाडौँ । दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले ४ असोजदेखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने जानकारी दिए ।

‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । धेरै जसो बैंकहरुमा नयाँ नोट पुगिसकेको उनले जानकारी दिए । केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस