१४ सांसदलाई कारबाही गरेको सूचना निकाले संसद चल्न दिने एमालेको अडान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र २८, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २८,काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी नेकपा (एमाले)ले बहिष्कार गर्ने भएको छ ।

एमालेले लगातार संसदमा नाराबाजी गरेपछि सभामुखले सोमबार दिउँसो संसद्मा भएका दलहरुको बैठक बोलाएका छन् । त्यसअघि एमाले प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई फोन गरी क-कसलाई बोलाइएको छ भनेर चासो राखेका थिए । सभामुखले संसदमा भएका सबै दलका शीर्ष नेताहरुलाई बोलाइएको जानकारी दिए ।

प्रमुख सचेतक भट्टराईले भने माधवकुमार नेपालहरूलाई बोलाएको बैठकमा आफूहरू नआउने बताएका छन् । ‘एमाले र उहाँको विवाद हो, दुनियाँलाई बोलाएर के निकास निस्कन्छ र ?’ उनले सभामुखलाई भनेका छन् ।

एमालेले संसदको अवरोध हटाउने हो भने एमालेको निर्णयअनुसार १४ सांसदलाई कारबाही गरेको सूचना निकाल्न वा मार्गप्रशस्त गर्न सुझाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस