पहिरोले मुग्लिन–नौबिसे सडक अवरुद्ध

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ भाद्र ३०, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भदौ ३०, काठमाडौँ । पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार गए राति २ः०० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस