सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो, चाँदीको मूल्य स्थिर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ भाद्र ३०, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र ३०,काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ। बुधबार सुन तोलामा ६ सयले बढेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। मंगलबार सुन तोलाको ९० हजार ६ सय कायम गरिएको थियो ।

तेजावी सुन तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी तोलाको एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार पनि चाँदी तोलाको एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस