सरकारले ल्याएको अध्यादेशले लोकतन्त्र कमजोर बनायो : भीम रावल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र ३१, बिहिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भदौ ३१, डोटी । नेकपा (एमाले)का उपाध्यक्ष डा. भीम रावलले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशले लोकतन्त्रलाई कमजोर बनाएको बताएका छन् ।

डोटीको सिलगढीमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उपाध्यक्ष रावलले सजिलैसँग दल विभाजन गर्न सक्ने अध्यादेशले देशमा राजनीतिक अस्थिरता उत्पन्न गरेको र लोकतन्त्रलाई कमजोर बनाएको बताए ।

‘अध्यादेशले कुनै पनि दल जुनसुकै बेलामा फुटेर जानसक्ने अवस्था छ । दल फुट्नु भनेको नै लोकतन्त्र कमजोर हुनु’, नेता रावलले भने ।

नेता रावलले पार्टी फुट्नु आफैमा दुःखद भएको बताउँदै नेकपा एमालेलाई अझै एकताबद्ध बनाउन १० बुँदे सहमतिको पूर्ण रुपमा कार्यान्वयन गर्न/गराउन पनि आफूहरू पार्टी नेतृत्वसँग लागि परेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस