विश्व बैंकबाट ५ अर्ब ८७ करोड ऋण लिईने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ भाद्र ३१, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भदौ ३१, सरकारले ५० मिलियन अमेरिकी डलर (करीब रु. ५ अर्ब ८७ करोड) सहुलियतपूर्ण ऋण लिन विश्व बैंकसँग सम्झौता गरेको छ ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहबीच नेपालको तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र नेपाल, माल्दिभ्स तथा श्रीलंकाका लागि विश्व ब्यांकका राष्ट्रिय निर्देशक फ्यारिस हदाद जार्वोसले सम्झौतामा हस्ताक्षर गरेका छन् । विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढिकरणका लागि ऋण लिन सम्झौता गरिएको हो ।

हस्ताक्षर समारोहमा अर्थसचिव मरासिनीले यो सहयोगले नेपाललाई परेको वित्तीय आवश्यकताको परिपूर्ति गर्ने बताए । उनले कोभिड-१९ महामारीपछि विद्यालय र स्वास्थ्य क्षेत्रको सुधार गर्न विश्व ब्यांकले गर्ने वित्तीय सहयोग प्रभावकारी हुने बताए ।

विश्व ब्यांकका राष्ट्रिय निर्देशक फ्यारिसले यस किसिमका सहकार्यले नेपालको शिक्षा तथा स्वास्थ्य प्रणालीलाई समावेशी र उत्पादनशील बनाउनमा योगदान गर्ने विश्वास व्यक्त गरे ।

ऋण रकमले नेपालको विपन्न वर्गलाई लक्षित गरी छात्रवृत्ति दिई शिक्षामा सबैको पहुँचलाई सुनिश्चितता गर्न मद्दत पुग्ने मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै यो सहयोगले नेपालको स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस