‘सामूहिक सत्याग्रह’को अवधारणा लिएर अमेरिका लागे डा. केसी

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ भाद्र ३१, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भदौ ३१, काठमाडौं । नेपालको स्वास्थ्य तथा चिकित्सा शिक्षाको सुधार र सुशासनका लागि लडिरहेका डा. गोविन्द केसी आज अमेरिका प्रस्थान गर्दैछन् । डा. केसी ‘दुई दिने सामूहिक सत्याग्रह’को अवधारणा लिएर अमेरिकाको न्यूयोर्क प्रस्थान गर्न लागेका हुन् ।

विश्वमा चलेको द्वन्द्व र युद्धको अन्त्यका लागि अहिंसाको सन्देश दिदैं शान्ति स्थापनाका लागि ध्यानाकर्षण गराउँने उदेश्यले डा. केसीको अगुवाइमा सेप्टेम्बर २० र २१ तारिखको १ देखि ४ बजेसम्म संयुक्त राष्ट्र संघको मुख्यालय, न्यूयोर्क, अमेरिकामा शान्तिपूर्ण प्रदर्शन हुने भएको छ ।

शान्ति दिवशका अवसरमा हुने उक्त दुई दिने शान्तिपूर्ण प्रदर्शनलाई ‘सामूहिक सत्याग्रह’का रुपमा लिइएको छ । प्रदर्शनीमा संसारभर डरलाग्दो समस्याका रुपमा बढ्दै गरेको जलवायु परिवर्तन लगायात सबैका लागि स्वास्थ र शिक्षा तथा सबैका लागि कोभिड खोपका विषयमा विश्वका नेताहरुको ध्यानाकर्षण गराउने ध्येय रहेको सोलिड्यारिटी फोर डा. गोविन्द केसी अलायन्सले जनाएको छ ।

‘हामी सबैको सामूहिक प्रयासले मात्र मानवता र हाम्रो गृहग्रह पृथ्वीलाई बस्ने ठाउँको रूपमा बचाउन सकिन्छ’ भन्ने सन्देश संयुक्त राष्ट्र संघको ७६ औं महासभालाई दिइने कार्यक्रम रहेको छ । सेप्टेम्बर १४ देखि सुरु हुने संयुक्त राष्ट्र संघको महासभामा विश्व शान्ति दिवस सेप्टेम्बर २१ का दिन विशेष सम्बोधन हुने भएको हुँदा सो शान्तिपूर्ण प्रदर्शन गर्न लागिएको हो ।

नेपाल र विश्वभर छरिएर रहेका नेपालीको भावनात्मक अभिव्यक्तिको रुपमा आयोजना गर्न लागिएको सो शान्तिपूर्ण प्रदर्शनीमा सहभागी भई दिन अमेरिकमा रहेका सबै नेपाली समुदाय-संघसंस्था तथा व्यक्ति विशेषमा सोलिड्यारिटी फोर डा. गोविन्द केसी अलायन्सले अपिल गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस