नेप्से परिसूचकमा उच्च अंकको गिरावट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ भाद्र ३१, बिहिबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

भदौ ३१, काठमाडौं । साताको अन्तिम दिन शेयर बजार राताम्मे देखिएको छ । कारोबार खुलेसँगै घट्ने क्रममा देखिएको बजारमा १२ बजेसम्म करिब ६९ अंकले घटेको छ ।

शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको गिरावट देखिदा एउटा बाहेकका सबै कम्पनीहरु घटेका छन् । यद्यपि, २ म्युचुअल फण्ड र एउटा डिबेञ्चर भने बढेको छ । त्यसबाहेकका सबै कम्पनीको शेयर मूल्य घटेर राताम्मे देखिएको छ ।

बढ्ने कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था देखिएको छ । कारोबार खुला भएको एक घण्टामा यो कम्पनीको शेयर ५२ रुपैयाँले बढेर ८७० रुपैयाँ पुगेको छ । २१६ कम्पनीको कारोबार हुँदा २१२ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस