भरतमणि बने कमेडी च्याम्पियन २ को विजेता

असोज ३, काठमाण्डौ । ताप्लेजुङका भरतमणि पौडेल कमेडी च्याम्पियन २ को विजेता बनेका छन् । शनिवार राति भएको ग्रान्ड फिनालेमा सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापालाई पछि पार्दै भरत विजेता बनेका हुन् ।

विजेता बनेका भरतले उपाधिसँगै कार र २५ लाख रुपैयाँ पुरस्कार जितेका छन् । त्यस्तै विक्की अग्रवाल दोस्रो बन्दा सन्तोष थापा तेस्रो बनेका छन् ।

पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर गरेपछि चर्चामा आएका भरतले सेमिफाइनलमा पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेर चौतर्फी प्रशंसा पाएका थिए ।

कान्तिपुर टीभी र युट्युब च्यानल ‘ओएसआर रियालिटी’ बाट प्रसारण हुँदै आएको कार्यक्रमका निर्णायकमा हास्य कलाकारहरू सन्तोष पन्त र मनोज गजुरेल, चलचित्र निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा थिए ।

कमेडी च्याम्पिनको गएको संस्करणमा हिमेश पन्त विजेता भएका थिए ।

संम्बन्धित समचार

Leave a Reply