संविधान दिवसः सत्तारुढ दल नै संविधानको विरोधमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन ३, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ३, काठमाडौँ । नेपालको संविधान जारी भएको ६ वर्ष पुगेको छ । २०७२ साल असोज ३ गते संविधान सभाबाट संविधान जारी गरिएको सम्झनामा हरेक वर्ष संविधान दिवश मनाउने गरिएको छ । दिवसका अवसरमा नेपाल र विदेशमा रहेका नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रम हुँदैछ ।

संविधान दिवस मूल समारोह समितिले  आइतवार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्दैछ । संविधानका विषयमा केन्द्रित रही विशेष संवाद, परिसंवादलगायत जनचेतनामूलक कार्यक्रम प्रसारण, प्रकाशन गराउने, राष्ट्रियस्तरका पत्रपत्रिकामा संविधान विशेषाङ्क स्मारिका प्रकाशन गरिएको छ ।

तर यता, सत्तारुढ गठबन्धनमै रहेको जनता समाजवादी पार्टी जसपाले भने संविधान दिवस नमनाउने बताएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै “संविधानमा धेरै धाराहरूमा विभेदकारी प्रावधानहरू राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवस २०७८ मा पनि भाग नलिने ।’’ बताएका छन् । त्यतिमात्र होइन यस दलले विरोध स्वरुप देशका प्रमुख शहरहरूमा दवावमूलक कार्यक्रम गर्ने जनाएको छ ।

यसै गरी महन्थ ठाकुर नेतृत्वको विपक्षी दल लोकतान्त्रिक समाजवादीले पनि संविधान विभेदकारी भएको भन्दै कालो दिनको रुपमा मनाउने निर्णय गरेको छ ।

जसपाका नेता प्रदीप यादबले ठूला दलहरुले सरकारमा जाँदा पटक पटक संविधान संशोधन गर्छौ भन्ने आश्वासन दिने र पछि धोका दिने गरेको बताए । आफु सरकारको नेतृत्वमा जाँदा मधेसी दललाई भ¥याङ बनाउने र सत्तामा पुगेपछि विर्षने गरेको उनको भनाई छ । तर नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले भने कांग्रेसले यसअघि पटक पटक संविधान संशोधनको प्रस्ताव अघि सारेको स्मरण गराउँदै आफुहरु पक्षमै रहेको बताए ।

संशोधन प्रस्ताव अघि वढाउन कांग्रेस अहिले पनि तयार रहेको तर संसद अवरोधका कारण यो तत्कालका लागि यो सम्भव नरहेको उनले बताए । सरकारमा आउने जाने बिषय गौण रहेको भन्दै उनले जसपाको मुल मुद्धा संविधान संशोधन रहेकोले दवाव दिने उदेश्यले पनि जसपाले विरोध गर्ने जनाएको हुनसक्ने उनको ठम्याइ छ । यसअघि एमालेले पनि संशोधनका लागि सम्झौता गरिसकेकाले सबै दल एक ठाउँमा उभिने सम्भावना भने बाँकी नै रहेको उनको विश्वास छ ।

तर नेकपा एमालेका स्थायी कमिटी सदस्य पृथ्वी सुब्बा गुरुङले भने देउवा सरकारसँग संविधान संशोधन गर्ने मत छैन भन्ने जान्दा जान्दै अपवित्र गठबन्धन गर्नेहरुले संविधान संशोधनको कुरा गर्नुको औचित्य नरहेको बताए ।

ओलि सरकारसँग संविधान संशोधनका लागि सहमति गर्ने महन्थ ठाकुरहरुलाई पार्टीबाट कारबाही गर्ने उपेन्द्र–बाबुराम नेतृत्वको जसपाले संविधान दिवस मनाउँदैनौं भन्नु हास्यास्पद भएको उनको टिप्पणी छ । संशोधनको माग गर्ने पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टीहरु एक ठाउँमा उभिनुपर्ने उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस