कात्तिक १३, जाजरकोट । जाजरकोटमा मंगलबार बिहान जीप पल्टिँदा एकजनाको ज्यान गएको छ । एकजना गम्भीर घाइते भएका छन् ।
कुशेगाउँपालिका ५ खुर्पामा बिहान साढे ६ बजे तिर भे १ ज ५५७ नम्बरको जीप पल्टिँदा चालक कमल परियारको घटनास्थलमा ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा एक जना भारतीय नागरिक घाइते भएका हुने । दुर्घटना भएको ठाउँ सदरमुकाम खलंगादेखि ३ घण्टा टाढा रहेको प्रहरीले जनाएको छ ।