साताको पहिलो दिन सुनको मूल्य स्थिर, चाँदीको घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ आश्विन ३, आईतबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज ३, काठमाडौं । आज साताको पहिलो कारोबार दिन सुनको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारकै मूल्यमा सुनको कारोबार हुने भएको हो । यद्यपी, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार १०० रुपैयाँ तोकिएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ६५० रुपैयाँ कायम छ । आज सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ ।

गत साताको शुक्रबार प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १ हजार १५० रुपैयाँ तोकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस