स्पेनिस ला लिगा: रियलले भ्यालेन्सियालाई हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ आश्विन ४, सोमबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज ४, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

भ्यालेन्सियाको मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाएर रियलले जित निकालेको हो । रियललाई जित दिलाउन भिनिसियस जुनियर र करिम बेन्जिमाले एक एक गोल गरे ।

भ्यालेन्सियाका हुगो डुरोले एक गोल गरे । खेलको ६६ औं मिनेटमा हुगोले गोल गर्दै भ्यालेन्सियालाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको ८६ औं मिनेटमा भिनिसियसको गोलबाट रियल खेलमा फर्कियो । उनले बेन्जिमाको पासमा गोल गरे । त्यसपछि खेलको ८८ औं मिनेटमा भिनिसियसको पासमा बेन्जिमाले गोल गर्दै रियललाई २-१ को जित दिलाए ।

लिगमा रियलको यो चौंथो जित हो । प्रशिक्षक कार्लोस एन्सेलोटीको नेतृत्वमा रियल अपराजित छ ।

जितसँगै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियलले ५ खेलमा १३ अंक जोडेको छ । भ्यालेन्सियाको यो पहिलो हार हो । भ्यालेन्सिया १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस