संसद बैठक बस्दै, एमालेले अवरोध कायमै राख्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन ४, सोमबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असोज ४, काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरेको अवरोधका कारण नियमित रुपमा सञ्चालन हुन नसकेको बैठक आजका लागि बोलाइएको छ ।

आज विहान ११ बजेका लागि बोलिएको बैठकबाट विनियोजन विधेयक पारित गर्ने सरकारको तयारी छ । बजेट पारित गर्ने सरकारले तयारी गरिरहँदा एमालेले भने संसदको अवरोध कायम राख्ने भएको छ ।

प्रतिनिधिसभाको आजको सम्भावित कार्यसूचीमा विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले राख्दै छन् । विनियोजन विधेयकमाथि सांसद प्रेम सुवालले मात्रै खर्च कटौतीको प्रस्ताव राखेकाले मन्त्रालयगत छलफल सकेर सोमबारको बैठकमै अर्थमन्त्रीले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्ने तयारी रहेको छ ।

राष्ट्रियसभाको बैठक मंगलबार बोलाइएको छ । बैठकमा विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल गरेर सुझाव पेस गर्न सांसदहरूका लागि २४ घण्टाको समय लागू गर्ने तयारी छ । सरकारले खर्च गर्न नपाउने कानुनी अड्चन हटाउन राष्ट्रियसभाबाट पनि छोटो प्रक्रिया अपनाएर विनियोजन विधेयक पारित गर्न लागिएको हो ।

कुनै अवरोध नभए राष्ट्रियसभाबाट असोज ८ सम्म विनियोजन विधेयक पारित गर्ने र त्यसको सन्देश प्रतिनिधिसभामा सुनाएर सभामुखले हस्ताक्षर गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइने छ ।

आज बजेट निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेकाले सत्तारुढ गठबन्धनका दलहरुले सबै सांसदलाई उपस्थित हुन ह्वीप जारी गरेका छन् ।

आजको बैठकको सम्भावित कार्यसूची:

ताजा अपडेट

खोजी गर्नुहोस