रासायनिक मल खरिद गर्न तीन अर्ब बजेट थप

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ आश्विन ४, सोमबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असोज ४, काठमाडौं। सरकारले प्रतिस्थापन बिधेयकमार्फत रासायनिक मल खरिद गर्न तीन अर्ब रुपैयाँ बजेट थप गरेको छ । अर्थमन्त्री जर्नादन शर्माले संसदमा पेश गरेको अध्यादेश बजेटको प्रतिस्थापन विधेयकमा रासायनिक मल खरिद गर्न मन्त्रालयलाई तीन अर्ब रुपैयाँ रकम थप गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

संशोधित बजेटमा तीन अर्ब रुपैयाँ मलका लागि थपिएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए । अघिल्लो सरकारले पेश गरेको बजेटमा थप हुनेगरी उक्त रकम विनियोजन भएको उनको भनाइ छ । बजेट थपसँगै अब रासायनिक मल खरिदका लागि यो वर्ष कुल विनियोजन हुने रकम १५ अर्ब रुपैयाँ पुगेको प्रवक्ता सञ्जेलले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस