आईपीएलः बैंगलोरलाई कोलकत्ताले ९ विकेटले हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ आश्विन ५, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

सोज ५, काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ९ विकेटले पराजित गरेको छ ।

आबुधाबीमा सोमबार राति बैंगलोरले दिएको ९३ रनको लक्ष्य कोलकत्ताले १० ओभरमा १ विकेटको क्षतिमा पूरा गर्दै जित निकालेको हो ।

कोलकत्ताको जितमा सुबमन गिलले ४८ रन बनाए । यस्तै भेन्काटेस आयर ४१ रनमा अविजित रहे । आन्द्रे रसेल सुन्य रनमा अविजित रहे ।

बैंगलोरका युजभेन्द्र चाहलले १ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको बैंगलोर १९ ओभरमा अलआउट हुँदै ९२ रनमा समेटियो ।

बैंगलोरका देबदुत पडिकलले सर्वाधिक २२ रन जोडे । सृकर भारतले १६ रन जोड्दा हर्सल पटेलले १२ रन बनाए ।

ग्लेन म्याक्सवेल १० रनमा आउट भए । कप्तान विराट कोहली ५ रनमा आउट भए ।

कोलकत्ताका आन्द्रे रसेल र वरुण चक्रवर्तीले ३/३ विकेट लिए । लक्की फर्गुसनले २ विकेट लिए ।

यस जितसँगै कोलकत्ताले ८ खेलमा ६ अंक जोडेको छ । कोलकत्ता पाँचौं स्थानमा उक्लिएको छ । बैंगलोर १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस