पाल्पाको रम्भा गाउँपालिकामा बस खोलामा खस्यो ! १२ जनाको मृत्यू , १५ घाईते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ जेष्ठ १८, शुक्रबार (५ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जेठ १८,पाल्पा । तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटना हुँदा मृत्यू हनेको संख्या १२ पुगेको छ । भने १५ जना घाइते भएका छन् ।

लु १ ख ९७५ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान रम्भा गाउँपालिका–४, होमिनमा सडकबाट खसेर भएको दुर्घटनामा यति ठूलो मानवीय क्षति भएको हो ।

दुर्घटनामा ९ पुरुष र ३ महिलाको मृत्यु भए पनि सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज पन्तले बताए ।

दुर्घटनामा परी घाइते भएका १५ जनालार्इ उद्धार गरी अस्पताल लगिएको छ ।

प्रहरीका अनुसार बसमा लक्ष्मी बचत तथा ऋण सहकारी संस्था सम्बद्ध २७ जना सवार थिए । बस सडकबाट अन्दाजी २ सय मिटर तल खसेको बताइए पनि कारण खुलेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस