सर्वोच्चले माग्यो आयोगसँग एकीकृत समाजवादी दल दर्ताको सक्कल फाइल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन ५, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ५, काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन आयोगसँग नेकपा एकीकृत समाजवादी दल दर्ताको निर्णयको सक्कल फाइल माग गरेको छ ।

मंगलबार न्यायाधीश दीपक कुमार कार्की र डा. कुमार चुडालको इजलासले नेकपा एकीकृत समाजवादी दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णयको सक्कल निर्णय माग गर्ने आदेश दिएको हो ।

यस्तै नेकपा एमालेले गरेको १४ सांसद कारबाहीको निर्णयलाई मान्यता नदिने सभामुखको निर्णयको सक्कल फाइल पनि माग गर्ने आदेश दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस