आईपीएल: पन्जाबमाथि राजस्थानको रोमान्चक जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ आश्विन ६, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ६, काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयलले पन्जाब किङ्सविरुद्ध रोमान्चक जित निकालेको छ । दुबईमा मंगलबार राति भएको खेलमा राजस्थानले पन्जाबलाई २ रनले हराएको हो ।

राजस्थानले दिएको १ सय ८६ रनको लक्ष्य पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८३ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा पन्जाबलाई जितका लागि ४ रन आवश्यक थियो । तर, राजस्थानका बलर कार्तिक त्यागीले अन्तिम ओभरमा १ रन खर्चिएर २ विकेट लिएपछि पन्जाब जितबाट बन्चित भयो ।

पन्जाबका लागि मायांक अग्रवालले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । केएल राहुलले ४९ रन बनाए । यस्तै निकोलस पुरणले ३२ रन जोड्दा एडिन मार्क्रमले अविजित २६ रन बनाए ।

राजस्थानका कार्तिकले २ तथा चेतन साकरिया र राहुल टेवाटियाले एक एक विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा अलआउट हुँदै १ सय ८५ रन बनाएको थियो ।

राजस्थानका याशभी जैसवालले ४९ जोड्दा महिपाल लोम्रोरले ४३ रन बनाए । यस्तै इभिन लेविसले ३६ रन जोड्दा लियाम लिभिङस्टोनले २५ रन जोडे ।

पन्जाबका अर्शदिप सिंह एक्लैले ५ विकेट लिए । मोहमद शामीले ३ विकेट लिए ।

यस जितसँगै राजस्थानले ८ खेलमा ८ अंक जोडेको छ । राजस्थान पाँचौं स्थानमा रहेको छ । सातौं स्थानको पन्जाबले ९ खेलमा ६ अंक जोडेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस