मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन ६, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ६, काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता साझेदार गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुको बैठक बोलाइएको छ ।

साँझ साढे पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरुको बैठक बोलाइएको गठबन्धनका एक नेताले बताए ।मंगलबार साँझ बसेको गठबन्धनको बैठकले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो ।

बुधबारको बैठकले बाँकी मन्त्रीको टुंगो लगाउन सक्ने स्रोतले बताएको छ । गएको २९ असारमा प्रधानमन्त्री नियुक्त देउवाको मन्त्रिपरिषद ६ सदस्यीय मात्र छ ।

ताजा अपडेट

खोजी गर्नुहोस