आईएमई मोटर्सको “दशैँ तिहारको बहार, पक्का उपहार” योजना

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ आश्विन ६, बुधबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

आश्विन ६,काठमाडौँ । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दशैँ तिहारलाई लक्षित गरी “दशैँ तिहारको बहार पक्का उपहार” साथै बम्पर उपहार योजना ल्याएको छ । जस अन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानी छानी उपहार पाउने छन् ।

चाडपर्वमा ग्राहकहरुले अफरलाई नै बढि प्राथमिकता दिने भएको हुँदा ग्राहकको माग अनुसार नै हामीले यो योजनालाई बजारमा ल्याएको आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए ।

यस योजना अनुसार ग्राहकले अशोक लेलैण्डको दोस्त, बस साथै ट्रक टिप्परको कुनै पनि मोडलको गाडी खरिद गर्दा आफ्नो इच्छा अनुसार उपहार छानी छानी लैजान सक्नेछन् ।

अफर अन्तर्गत अशोक लेलैण्डको दोस्त गाडीको खरिदमा १५ ग्राम सुन अथवा स्मार्ट फोन साथै थपक्यास डिस्काउन्ट अथवा स्मार्ट टिभि साथै क्यास डिस्काउन्ट पाउन सक्नेछन् ।

ग्राहकले प्रत्येक बस र टिप्परको खरिदमा ३० ग्राम सुन अथवा आइफोन १२ प्रो म्याक्स वा टीभीएस एनटर्क १२५ स्कुटर पाउने छन् । अझ आइसीभी हलेज, एमसीभी टिप्पर र बस मध्ये कुनै दुई गाडी एकै पटक किन्ने ग्राहकलाई म्याकबुक प्रो र आइफोन १२ प्रो म्याक्स वा रोयल इन्फिल्ड ३५० सीसी बुलेट मोटरसाइकल दिने जनाएको छ ।

त्यसैगरी दुईवटा टिप्परको खरिदमा ६० ग्राम सुन वा म्याकबुक प्रो र आइफोन १२ प्रो म्याक्स वा बुलेट मोटरसाइकल दिने जनाएको छ ।

यो योजन अन्तर्गत बम्पर उपहारमा तीन जान भाग्यशाली जोडीलाई ५ रात ६ दिने युरोप भ्रमणको अवसर प्रदान गरिने कम्पनीले जनाएको छ । यो योजना मंसिर ३० गतेसम्म मात्र लागु हुने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस