आगामी बर्ष नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने एडीबीको प्रक्षेपण

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ आश्विन ६, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

आश्विन ६,काठमाडौँ । एसियाली विकास बैङ्क (एडीबी) ले चालु आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतसम्म हुने प्रक्षेपण गरेको छ । नेपाल सरकारले भने ७ प्रतिशत वृद्धिदर लक्ष्य राखेको छ । एडीबीले बुधबार आर्थिक नेपालको आर्थिक वृद्धिदरबारे ताजा प्रक्षेपण गरेको हो । यो वर्ष नेपालको अर्थतन्त्र सरकारले लक्ष्य राखेभन्दा २.९ प्रतिशत कम वृद्धि हुने एडीबीको अनुमान छ ।

मुद्रास्फीति ५।१ प्रतिशतले बढ्ने पनि बैङ्कले प्रक्षेपण गरेको छ ।कोरोना विरुद्धको खोप अभियानले विकासको गति बढाउन सहयोग पु–याएकाले आर्थिक गतिविधिमा महत्त्वपूर्ण साबित हुनसक्ने बैङ्कका नेपाल निर्देशक अर्नौढ काचोइसले बताएका छन् । साथै, यो वर्ष धेरै पानी परेकाले कृषि उपज उत्पादन बढ्ने देखिएको, सरकारको नीति स्वास्थ्य सुरक्षामा केन्द्रित देखिएकाले आर्थिक गतिविधिमा सघाउ पुग्ने र महामारीबाट प्रभावित क्षेत्रको पुनरुत्थान तथा प्राथमिकताप्राप्त क्षेत्रमा लगानी बढाउने घोषणा भएकाले पनि नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने कोचाइसको भनाइ छ ।

यो आर्थिक वर्षमा पर्यटक आगमन बढ्ने देखिएको र होटल तथा रेस्टुराँ सञ्चालनमा आउन थालेकाले सेवा क्षेत्रबाट पनि आर्थिक वृद्धिमा सघाउन पुग्ने एडीबीले अनुमान गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस