७९ लाखले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन ७, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ७, काठमाडौं । नेपालमा करिब ७९ लाखले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ७८ लाख ९० हजार ३७५ रहेको छ । हालसम्म ६२ लाख ६२ हजार ७८० जनाले पहिलो मात्रा खोप लगाएको उनले बताए ।

प्रवक्ता पौडेलका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाउनेको सङ्ख्या २६ लाख ३६ हजार ८२३ पुगेको छ । यस्तै कोभिसिल्डको दुवै मात्रा लगाउनेको सङ्ख्या १४ लाख ८८ हजार ४३५ पुगेको छ ।

भेरोसेल खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या ३६ लाख २५ हजार ९५७ पुगेको छ भने २८ लाख २३ हजार ६८३ जनाले भेरोसेलको पूर्ण मात्रा लगाएका छन् । यस्तै जोन्सन एन्ड जोन्सनको पूर्ण खोप लगाउनेको संख्या १४ लाख ४० हजार ७३५ रहेको छ ।

काठमाडौँ उपत्यकामा ४१ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएको उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस