दुई वाणिज्य बैंकको लाभांश घोषणा, कुनको कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ आश्विन ७, बिहिबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असोज ७, काठमाडौं । दुई वाणिज्य बैंकले गत आर्थिक बर्षको मुनाफाबाट सेयर धनीलाई दिने लाभांश प्रस्ताव गरेका छन् ।

आर्थिक वर्ष २०७७/७८ को नाफाबाट माछापुच्छ्रे बैंक र सानिमा बैंकले लाभांशको प्रस्ताव गरका छन् । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो ।

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  बैंकले हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यसैगरी सानिमा बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनश शेयर ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस