सत्ता गठबन्धनको बैठकै बैठक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन ७, बिहिबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

असोज ७, काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज (बिहीबार) पनि बस्ने भएको छ । यसअघि बुधबार बसेको बैठक विना निष्कर्ष टुंगिएको थियो ।बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बुधबारको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भएपनि कुनै निर्णय नभएको सहभागी एक नेताले बताए । आजको बैठकले मन्त्रिपरिषद् विस्तारको विषय टुंगो लगाउने उनले बताए ।

सरकार विस्तारको विषय टुंग्याउन पटक पटक गठबन्धनको बैठक बस्दै आएको छ । तर बैठक विनानिकर्ष टुंगिएको छ । यसअघि मंगलबार बेलुका बसेको गठबन्धनको बैठकले कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने निर्णय गरेको थियो ।

हिजोको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायत नेता सहभागी थिए ।

सत्ता सठबन्धन दलमा शत्तिशालि र आकर्षक मन्त्रालय लिने होडबाजीले मन्त्रीपरिषद्ले पूर्णता पाउन नसकेको हो । गत २९ असारमा नियुक्त भएका प्रधानमन्त्री देउवाको मन्त्रिपरिषदमा जम्मा ६ मन्त्रीमात्र सहभागी छन् ।

यस्तै, राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका कारण पनि सत्ता साझेदार नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले सरकारमा पठाउने मन्त्रीबारे निर्णय गर्न नसक्दा मन्त्रीपरिसद् विस्तारमा ढिलाई भएको छ ।

जसपाले अध्यादेश निस्क्रिय बनाएपछि मात्रै पार्टीबाट पठाइने मन्त्रीबारे निर्णय गर्ने अडान राख्दै आएको छ भने एकीकृत समाजवादीले तत्कालै अध्यादेश निस्क्रिय बनाउन नहुने अडान राख्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस